काठमाडौं । यामाहा नेपालले बूढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ ३ एस सोरूम ‘ह्विलिश ग्यालोर प्रा. लि.’ सञ्चालनमा ल्याएको छ ।
यामाहा नेपालको १०३औँ सोरूमको उद्घाटन बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले गरेका थिए । नयाँ शोरूममा बिक्री, सेवा र स्पेयर पाट्र्स एउटै छानामुनि उपलब्ध गराइएको छ, जसले बूढानीलकण्ठ तथा आसपासका राइडरहरूलाई आवश्यक सबै सेवाहरू एउटै स्थानमा सहज रूपमा प्राप्त गर्न सहयोग गर्ने कम्पनीको भनाई छ । दक्ष जनशक्ति र आधुनिक पूर्वाधारसहित स्थापना गरिएको कम्पनीले ग्राहकहरूलाई हरेक पटक सहज र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । बूढानीलकण्ठ सोरूमले काठमाडौंं उपत्यकामा यामाहा नेपालको विस्तार हुँदै गएको उपस्थितिलाई थप मजबुत बनाउँदै स्थानीय राइडरहरूलाई यामाहाका सम्पूर्ण मोटरसाइकल तथा स्कुटर लाइनअप, जेनुइन स्पेयर पाट्र्स र व्यावसायिक सेवामा सहज पहुँच प्रदान गर्नेछ ।
एमएडब्लू राइड्सअन्तर्गत सञ्चालन भइरहेको यामाहा नेपालले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आफ्नो सञ्जाल विस्तार गरिरहेको छ, जसले यसलाई देशकै एक विश्वसनीय मोटरसाइकल ब्रान्डका रूपमा स्थापित गरेको छ ।