काठमाडौं । शेयर बजार परिसुचक नेप्से खुम्चिएको छ । साताको सुरुवाती कारोबार दिन सोमबार नैं नेप्से परिसुचक ३४ दशमलव ६३ अंकले ओरालो लागेर २७ सय चार दशमलव शुन्य आठ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३७ अंकले ओरालो लागेर चार सय ६१ दशमलव शुन्य पाँच बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४१ वटा कम्पनीहरुको ६८ हजार छ सय ३५ पटकको कारोबारमा एक करोड ७४ हजार पाँच सय २४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब २६ करोड ५३ लाख ९० हजार दुई सय चार रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये लघुवित्त उपसमुहको सुचक उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।