काठमाडौं । शेयर बजार परिसुचक नेप्सेमा सामान्य अंकले सुधार देखिएको छ । अघिल्लो दिन ३४ दशमलव ६३ अंकले खुम्चिएको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज मंगलबार आठ दशमलव ७८ अंकले उकालो लागेर २७ सय १२ दशमलव ८६ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २६ अंकले उकालो लागेर चार सय ६२ दशमलव ३२ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ३५ वटा कम्पनीहरुको ६२ हजार २५ पटकको कारोबारमा ७७ लाख ३४ हजार १२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम तीन अर्ब ४३ करोड ९० लाख ६८ हजार तीन सय ९२ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये बिकास बैंक, फाईनान्स, निर्जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त, र व्यापार उपसमुहको सुचक खुम्चिएका छन् भने बाणिज्य बैंक, जलबिद्युत, जीवन बीमा, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक उकालो लागेका छन् ।