काठमाडौं ।आईसिसी विश्वकप लिग –२ क्रिकेट अन्तर्गतको त्रिकोणात्मक श्रुङ्खलाको उपाधि घरेलु टोली नेपालले हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानलाई ८१ रनले पराजित गर्दै नेपालले जित हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.४ ओभरमा सबै विकेट गुमाई २५६ रन बनाएको थियो । आसिफ शेख र अर्नुन कुमालले दोस्रो विकेटका लागि महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोर बनाउन मद्दत गरेका थिए ।
खेलको प्लेयर अफ द म्याच बनेका आसिफ शेखले ८४ रनको महत्वपूर्ण पारि खेलेका थिए । अर्थसतक बनाउनबाट २ रनले चुकेका अर्जुन कुमालले धैर्यतापूर्वक ४८ रन बनाएर टोलिको रनलाई माथि लग्न योगदान पु¥याए । विकेट गएर दबाबमा परेको नेपालले फिनिसिङ उत्कृष्ट गर्न सफल भयो । मध्यक्रममा आएका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले ३३ रन बनाएर आउट भएका थिए भने । आरिफ शेखले आक्रमक पारि खेलेका थिए । आरिफ शेखले २४ बलमा ४३ रन बनाएका थिए ।
नेपाललाई २५७ रनको स्कोरमा रोक्न ओमानका बलर नदीम खानले ३ विकेट लिए भने शकिल अहमद र हसैन शाहले समान २–२ विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको ओमानले ३९.५ ओभरमा आफ्ना सबै विकेट गुमायो । ओमानका लागि विनायक शुक्लले ३६ रन, हम्साद मिर्जा ३४ रन र हस्रैन उल वहाबले २९ रन बनाउन बाहेक अरु व्याटरहरुले दोहोरो रन बनाउन सकेनन् । उनीहरुलाई कम रनमा रोक्न नेपालका मिडियम प्रेसर बलर गुलशन झा ले उत्कृष्ट बलिङ गरे ।झा ले ९ ओभरमा ३८ रन दिएर ५ विकेट लिए भने, करन केसी, नन्दन यादव, सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए ।
आइसिसी विश्वकप लिग–२ – त्रिकोणात्मक श्रुङखला अन्र्तगतका आफ्ना ४ वटा खेलहरुमा नेपाल ३ वटा खेलमा विजयी भएको थियो । नेपालले युएईलाई पहिलो खेलमा ३७ र दोस्रो खेलमा ६ रनले पराजित गरेको थियो । ओमानसँगको दुईवटा खेलमध्ये पहिलो खेलमा नेपाल १०२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ओमनलाई ८१ रनले पराजित गर्न सफल भयो । लिग–२ खेलेका ८ वटा टिमहरु मध्ये नेपाल सातौं नम्बरमा रहेको छ ।
उसले अहिले सम्म २४ खेल खेल्दा ८ वटामा जित निकालेको छ भने दुईवटा खेलमा अङक बाड्दा १४ वटा खेलमा भने पराजित हुन पुगेको थियो । नेपालले अब १२ बटा खेलहरु खेल्न बाँकि रहेको छ । त्यसमध्ये लिग–२ अन्र्तगतको अर्को त्रिकोणात्मक श्रुङखला पनि नेपालमा नै खेल्ने तालिका रहेको छ । जस अन्र्तगत टेबलको टपमा रहेको युएसए र दोस्रो स्थानको टोली स्कटल्याण्डले घरेलु मैदानमा नेपालको सामना गर्नुपर्ने छ ।