इनरुवा (सुनसरी) । प्रहरीले बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद गरेको छ । गाँजासहित एम्बुलेन्स चालक र त्यसमा सवार एक भारतीय नागरिक पक्राउ परेका छन् ।

एम्बुलेन्स चालक विहार सुपोलका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र त्यसमा सवार २१ वर्षीय मोहमद सदामलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए ।