काठमाडौँ । देशका विभिन्न भागबाट लागुऔषध सहित नियमित गस्तीमा रहेको प्रहरी टोलीले १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिरहा, चितवन, नवलपरासी पूर्व, कैलाली, काठमाडौँ, ललितपुर, रुपन्देही, सुनसरी र सुर्खेतबाट उनीहरु पक्राउ परेका हुन् । चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने नियन्त्रित लागूऔषध नोर्फिन, फेनारगन, स्पास्पेन, ट्रामाडोल, आइपिपिएल र डाइजेपाम तथा लागुऔषध खैरो हेरोइन र गाँजा प्रहरीले उनीहरुका साथबाट बरामद गरेको छ ।