काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग उनको कार्यकक्षमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार सो अवसरमा उनीहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउनेबारे छलफल भएको छ ।