काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन एक दशमलव ६४ अंकले खुम्चिएको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बिहिबार छ दशमलव ९४ अंकले उकालो लागेर २७ सय १८ दशमलव १६ बिन्दुमा उक्लिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९५ अंकले उकालो लागेर चार सय ६४ दशमलव शुन्य आठ बिन्दुमा उक्लिएको छ । धितोपत्र बजारमा आज तीन सय ३४ वटा कम्पनीहरुको ४५ हजार ६५ पटकको कारोबारमा ६६ लाख ८४ हजार सात कित्ता शेयर किनबेच भएका छन् । सोही आधारमा आज कुल कारोबार रकम दुई अर्ब ९३ करोड १९ लाख ६८ हजार आठ सय ७७ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये फाईनान्स, निर्जीवन बीमा लगानी, उत्पादनमुलक र सामुहिक लगानी कोष उपसमुहको सुचक खुम्चिएका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त, अन्य र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् ।