काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा नौ करोड ८४ लाख ९८ हजार एक सय ८९ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड २५ लाख दुई हजार आठ सय ८२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ३५ करोड ८२ लाख ८७ हजार एक सय ७८ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५६ करोड ३१ लाख ९८ हजार नौ सय चार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २२ करोड ६० लाख ५८ हजार सात सय ८१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ३२ करोड नौ लाख ७३ हजार छ सष् ९७ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब १२ करोड ३७ लाख ७० हजार दुई सय ५० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड तीन लाख ९४ हजार तीन सय ६५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।