काठमाडौं । केटीएम हस्पिटालिटीले साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीको सर्वसाधारणका लागि साधारण सेयर निष्कासनको माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
यो चितवनको सौराहास्थित पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’को सञ्चालक पनि हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १५ करोड ५० लाख रुपैयाँ बराबरको कुल १५ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ । आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीले चितवनको सौराहामा कुल एक अर्ब ७० करोड पाँच लाख रुपैयाँको लागतमा रिसोर्ट निर्माण सम्पन्न हुने प्रक्षेपण गरिएको छ ।