काठमाडौं । अष्ट्रेलियामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि जुलाई इन्टेकमा भिसा स्वीकृतिदर उच्च रहेको युनिक्याम्पस ग्लोबलले जनाएको छ । युनिक्याम्पस ग्लोबलका अनुसार जुलाई इन्टेकका लागि आवेदन दिएका विद्यार्थीहरूमा उच्च भिसा स्वीकृति दर हासिल भएको हो ।
अष्ट्रेलियामा विद्यार्थी भिसा प्राप्त गर्ने प्रक्रिया पछिल्लो समय प्रतिस्पर्धात्मक बन्दै गएको भए पनि राम्रो शैक्षिक प्रोफाइल, पर्याप्त तयारी र सही कागजात भएका विद्यार्थीहरूका लागि अवसर अझै बलियो रहेको युनिक्याम्पस ग्लोबलका प्रमुख कार्यकारी अधिकृत घनश्याम घिमिरेले जानकारी दिए । नेपाली विद्यार्थीहरूको अष्ट्रेलियाप्रतिको आकर्षण बढिरहँदा भिसा प्रक्रियामा भने कडाइ गरिएको छ । यसअघि गत मार्चमा २५ प्रतिशत रहेको भिसा स्वीकृति दर अब बढ्न सक्ने बताइएको छ । घिमिरेका अनुसार सही कागजात, स्पष्ट वित्तीय अवस्था तथा उपयुक्त कोर्स छनौटले भिसा स्वीकृतिमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ ।