फाइनान्स कम्पनीहरूमा ५९ प्रतिशतसम्म कर्जा निष्क्रिय अर्थात् खराब देखिएको छ । सञ्चालनमा रहेका कुल १७ वटामध्ये हालसम्म १४ वटा फाइनान्स कम्पनीहरूले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा उक्त परिमाणसम्म कर्जा निष्क्रिय देखिएको हो ।अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको तेस्रो त्रैमासमा सबैभन्दा बढी निष्क्रिय कर्जा जानकी फाइनान्समा देखिएको छ । गत आवको तेस्रो त्रैमासमा यो फाइनान्समा ४४ दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय रहेकोमा पछिल्लो अवधिमा यस्तो कर्जा बढेर ५९ दशमलव १२ प्रतिशत पुगेको छ ।
सेन्ट्रल, बेस्ट र रिलायन्स फाइनान्समा पनि पछिल्लो अवधिमा क्रमशः १४ दशमलव १७, १३ दशमलव शून्य आठ र १० दशमलव ३४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।गत आवको सोही अवधिमा यि फाइनान्सहरूमा क्रमशः १२ दशमलव शून्य एक, ११ दशमलव ४९ र १६ दशमलव शून्य आठ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । गुडविल, समृद्धि र मल्टीपर्पस फाइनान्समा पनि चालू आवको तेस्रो त्रैमासमा क्रमशः नौ दशमलव ८६, आठ दशमलव शून्य नौ र सात दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा क्रमशः आठ दशमलव शून्य सात, १६ दशमलव ४२ र पाँच दशमलव ४६ प्रतिशत कर्जा निष्क्रिय देखिएको देखिएको थियो ।
चालू आवको तेस्रो त्रैमासमा गुह्ेश्वरी, प्रोग्रेसिभ र गोर्खाज फाइनान्समा पनि क्रमशः छ दशमलव ३७, पाँच दशमलव ४८ र चार दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा क्रमशः छ दशमलव ९३, सात दशमलव १५ र चार दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । नेपाल फाइनान्स र श्री इन्भेस्टमेन्ट फाइनान्समा पनि चालू आवको तेस्रो त्रैमासमा क्रमशः चार दशमलव ३१ र चार दशमलव शून्य दुई प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव १५ र तीन दशमलव ७५ प्रतिशत रहेको थियो ।मञ्जुश्री र आइसीएफसी फाइनान्समा पनि पछिल्लो अवधिमा क्रमशः तीन दशमलव ९९ र दुई दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव २० र दुई दशमलव शून्य पाँच प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।