काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज मंगलबार मध्याह्न १ बजे बस्दैछ । नीति तथा कार्यक्रममाथि मंगलबारको बैठकमा सरकारको छलफल हुने जनाइएको छ । दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले छलफलमा आफ्ना धारणा राख्नेछन् । सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।