काठमाडौं । गुरु ट्राभल्स र एनएमबी बैंकबीच सम्झौता भएको छ । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेड तथा नेपालको बैंक तथा वित्तीय क्षेत्रमा सशक्त रूपमा स्थापित एनएमबी बैंकबीच व्यावसायिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
सम्झौताअन्तर्गत एनएमबी बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी बैंकको क्रेडिट कार्ड प्रयोग गरी सहज र सुरक्षित तरिकाले टुर तथा भ्रमण प्याकेज खरिद गर्न सक्ने ईएमआई सुविधा उपलब्ध गराउने छ । यस सुविधाअन्तर्गत ग्राहकले आफ्नो खरिद गरेको टुर प्याकेजको रकमलाई १२ महिनादेखि १८ महिनासम्मको लचिलो अवधिमा मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
सम्झौतामा बैंकका ग्राहक तथा कर्मचारीहरूले गुरु ट्राभल्समार्फत विभिन्न ट्राभल प्याकेजहरूमा १० हजार रुपैयाँसम्मको स्पेसल डिस्काउन्टका साथै अन्य विशेष छुट र आकर्षक अफर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । साथै, दुवै संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गतका गतिविधिहरूमा आपसी सहकार्य गर्ने सहमति गरेका छन् ।