काठमाडौं । गरिमा विकास बैंक लिमिटेड ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ बाट सम्मानित भएको छ । न्यू बिजनेस एज लिमिटेडद्वारा मिति २०८३ वैशाख २५ गते, शुक्रबार काठमाडौंमा आयोजित न्यूबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्डस्को दशौं संस्करणमा यस विकास बैंक ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ अवार्डबाट सम्मानित भएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा आयोजित अवार्ड वितरण समारोहमा आयोजकको तर्फबाट विकास बैंकलाई उक्त अवार्ड हस्तान्तरण गरिएको हो । यस उपाधिले आफ्ना ग्राहकहरूलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय एवं प्रविधिमैत्री सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यमा थप हौसला प्रदान गरेको छ । यस सुखद् अवसरमा यस विकास बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्नुहुने सम्पूर्ण ग्राहक महानुभावहरू, सेयरधनी महानुभावहरू, सम्पूर्ण कर्मचारीहरू, नियमनकारी निकायहरू एवं शुभचिन्तकहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं । बैंकले विज्ञप्ति जारी गर्दै भनेको छ ।
यस विकास बैंक भारतीय चेम्बर अफ कमर्सद्वारा अगष्ट २९, २०२५ मा आयोजित इमर्जिङ एसिया बैंकिङ अवार्डमा द बेस्ट बैंक, बेस्ट एआई एमएल इम्प्लिमेन्टसन विधामा उत्कृष्ट सहित बेस्ट एमएसएमई एप्लिकेसन विधामा रनर अप र कर्पोरेट क्लब नेपालले फेब्रुअरी २५, २०२५ मा आयोजित अवार्ड समारोहमा द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स अवार्ड २०२४ बाट समेत सम्मानित भइसकेको छ ।
बैंकले हाल देशभर एक सय २६ वटा शाखा कार्यालय, ५१ एटीएम एवं नविनतम डिजिटल बैंकिङमार्फत करिब नौ लाख ग्राहकहरूलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।