काठमाडौं । रमादाबाई विन्धम इटहरीले यस मे महिनाका लागि दिन तीनको आकर्षक इन–हाउस अफरहरू सार्वजनिक गरेको छ ।
कम्पनीले हप्ताको उत्साह ‘मिडवीक ट्रिपल ट्रीट’बाट सुरू हुने जनाएको छ, जुन प्रत्येक बुधबार र बिहीबार साँझ ५ बजेदेखि ७ बजेसम्म सुत्र लाउन्जमा सञ्चालन हुनेछ । यस अफरअन्तर्गत भोड्कामा आधारित ककटेलहरूको छनौटमा ‘२ किन्दा १ निःशुल्क’ योजना उपलब्ध छ । यसमा मस्को म्युल, कस्मोपोलिटन, क्लासिक भोड्का मार्टिनी, स्क्रूड्राइभर र फ्लेभर्ड भोड्का स्प्रिट्जजस्ता ककटेलहरू समावेश छन् । दुई ककटेलको मूल्य एक हजार आठ सय रुपैयाँ रहेको छ र तेस्रो ककटेल निःशुल्क प्रदान गरिनेछ । अफिसपछि साथीहरूसँग समय बिताउन वा होटलमै बसिरहेका अतिथिहरूका लागि यो किफायती र रमाइलो विकल्प हुने कम्पनीको भनाइ छ । मे महिनाभर प्रत्येक शुक्रबार, एरिया रेस्टुरेन्टले ‘टेस्ट अफ इटाली’ अनुभव प्रदान गर्दैछ, जहाँ स्वादसँगै सिर्जनात्मकता पनि जोडिनेछ। प्रतिव्यक्ति एक हजार ९९९ रुपैयाँमा उपलब्ध हुने यो अफर साँझ ६ बजेदेखि ९ः३० बजेसम्म सञ्चालन हुने छ । यसमा अतिथिहरूले दक्ष सेफहरूको मार्गदर्शनमा आफूले रोजेका दुईवटा इटालियन परिकार बनाउन सक्नेछन् । लाइभ पिज्जा मेकिङ, लाइभ पास्ता स्टेसन, उड फायर्ड पिज्जा, निःशुल्क लिमेटा स्प्रिट्जर तथा सेफद्वारा तयार पारिएको अथेन्टिक इटालियन परिकारको व्यवस्था हुनेछ । साथै, कुनै पनि ए ला कार्टे वाइनको बोतलमा १५ प्रतिशत छुट पनि उपलब्ध हुनेछ । मे महिनाको अन्तिम आकर्षण ‘डिप एन्ड डाइन’ हो, जुन मे १ देखि ३१ सम्म सञ्चालन हुनेछ ।