काठमाडौ । शेयर बजार परिसुचक नेप्से खुम्चिएको छ । अघिल्लो दिन ३८ दशमलव १९ अंकले उकालो लागेको नेप्से परिसुचक आज मंगलबार ३९ दशमलव ४४ अंकले ओरालो लागेर २७ सय ४४ दशमलव ४० बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव १५ अंकले ओरालो लागेर चार सय ६८ दशमलव २६ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ३८ वटा कम्पनीहरुको ६२ हजार पाँच सय १२ पटकको कारोबारमा एक करोड छ लाख ७८ हजार पाँच सय ५० कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ६६ करोड ५० लाख २० हजार छ सय ७७ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक सामान्य अंकले बढेपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक खुम्चिएका छन् ।