काठमाडौं । सिन्धु विकास बैंकको मेलम्ची शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत थाङपालभ्याली माविमा वित्तीय साक्षरता कार्यक्रम तथा शैक्षिक एवं खेलकुद सामग्री वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

कार्यक्रममा विद्यालयका एक सयभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो । बैकका अनुसार कार्यक्रममा विद्यार्थीहरूलाई बचतको महत्व, डिजिटल बैंकिङ, वित्तीय अनुशासन तथा बैंकिङ सेवासम्बन्धी जानकारी प्रदान गरिएको थियो ।