काठमाडौँ । आगामी असार ७, ८ र ९ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन चितवनमा हुने भएको छ । २०७९ साल असार ७ गते रास्वपा स्थापना भएको थियो ।

पार्टीका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बुधबार यहाँ बसेको कार्यसमिति बैठकले प्रथम अधिवेशनको मिति तय गरेको जानकारी दिएका छन् ।