काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन चार दशमलव १५ अंकले खुम्चिएको शेयर बजार परिसुचक नेप्से आज बिहिबार पुन १० दशमलव शुन्य सात अंकले ओरालो लागेर २७ सय ३० दशमलव १७ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३४ अंकले ओरालो लागेर चार सय ६७ दशमलव २० बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ३७ वटा कम्पनीहरुको ४६ हजार चार सय दुई पटकको कारोबारमा ७९ लाख ५८ हजार सात सय ५२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम तीन अर्ब २९ करोड दुई लाख ४४ हजार छ सय १९ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार हुँदा तीन वटा उपसमुहहरुको सुचक उकालो लागेपनि बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् । जसमध्ये जीवन बीमा, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स जलबिद्युत सहितका १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।