काठमाडौँ । प्राध्यापक ऋषिकेश वाग्लेले काठमाडौँ विश्वविद्यालय (केयु)को उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राप्त गरेका छन् ।

गत वैशाख ३० गतेको निर्णयानुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा दैनिक कार्य गर्नेगरी प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उनलाई जिम्मेवारी तोकेका हुन् । उनी सो विश्वविद्यालयको कानुन सङ्कायका पूर्वडीन हुन् । उनले शुक्रबारदेखि कार्यभार पनि सम्हालेको केयुले जनाएको छ ।