काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले दाङको हापुरेमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । हापुरे मार्बल प्रलिद्वारा व्यवस्थापन गरिने यस सोरुमले स्थानीय बासिन्दा, आर्किटेक्ट र डिजाइनरहरूलाई कम्पनीका उच्च गुणस्तरीय टायल्स र इन्टेरियर समाधानहरूको उत्कृष्ट अनुभव प्रदान गर्नेछ ।
यस सोरुमको कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिहरू र हापुरे मार्बल प्रालिको टोलीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । नयाँ सोरुम ग्राहकहरूलाई व्यावहारिक र सहज किनमेलको अनुभव प्रदान गर्नेगरी डिजाइन गरिएको छ । यहाँ कजारियाका अत्याधुनिक फ्लोर र वाल टायल्सको फराकिलो दायरा उपलब्ध छ । ग्राहकहरूले यहाँ विभिन्न टेक्सचर र फिनिसहरू प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन्, जसले उनीहरूको घर वा परियोजनाका लागि उत्कृष्ट छनौट गर्न मद्दत पु¥याउनेछ । यो सोरुम अब पूर्ण रूपमा सञ्चालनमा आइसकेको कम्पनीले जनाएको छ ।