काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन १० दशमलव शुन्य सात अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार एक दशमलव ७७ अंकले बढेर २७ सय ३१ दशमलव ९४ अंकमा पुगेको सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३४ अंकले बढेर चार सय ६७ दशमलव ५५ अंकमा चढेको छ । तीन सय ३८ वटा कम्पनीहरुको ४३ हजार छ सय ७५ पटकको कारोबारमा ७९ लाख ३४ हजार चार सय ४४ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम तीन अर्ब नौं करोड ७९ लाख ५३ हजार चार सय ८६ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार हुँदा छ वटा यपसमुहहरुको सुचक ओरालो लागेका छन् बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् । जसमध्ये बााणिज्य बैंक, जलबिद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, अन्य र व्यापार समुहको सुचक बढेका छन् भने बिकास बैंक, जीवन बीमा, लगानी, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेका छन् ।