काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई तत्कालको लागि तत्कालको लागि पुर्नबीमा व्यवसाय गर्न रोक लगाइएको छ । नेपाल बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय सञ्चालन गर्न रोक लगाएको हो ।
प्राधिकरणको वैशाख २९ गतेको निर्णयानुसार बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम उक्त कम्पनीलाई आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय नगर्न निर्देशन दिइएको हो । यद्यपि, प्राधिकरणले साविकमा भइसकेका पुनर्बीमा व्यवसायका लागि गरिने रेट्रोसेसन र पुनर्बीमा दाबी भुक्तानी गर्ने कार्यलाई भने यथावत प्राधिकरणले जानकराी दिएको छ । प्राधिकरणका अनुसार बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (४) अनुसार यही वैशाख ३१ गते बिहीबार सूचना जारी गर्दै व्यवस्था गरेको हो ।