काठमाडौं । भिभोले नेपाली बजारमा आफ्नो नयाँ २०० एमपी ट्राभल पोट्र्रेट फ्ल्यागसिप स्मार्टफोन भिभो भी७० एफई सार्वजनिक गरेको छ । यो स्मार्टफोन ट्राभल कम्प्यानियनको रूपमा प्रस्तुत गरिएको छ ।
भिभो भी७० एफईको मुख्य आकर्षण भनेको यसको २०० एमपी ओआईएस अल्ट्रा–क्लियर क्यामेरा हो, जसले यात्रा, प्राकृतिक दृश्य तथा समूह तस्बिरहरूलाई उत्कृष्ट डिटेलसहित कैद गर्दछ । यससँगै ३२ एमपी एचडी सेल्फी क्यामेराले फराकिलो फिल्ड अफ भ्यू प्रदान गर्दै ग्रुप सेल्फी तथा भिडियो कललाई अझ सहज बनाउँदछ । साथै, अगाडि र पछाडिका दुवै क्यामेरामा उपलब्ध ४के स्टेबल भिडियो रेकर्डिङको सुविधाले प्रयोगकर्तालाई उच्च गुणस्तरमा भिडियो खिच्न तथा तुरुन्तै शेयर गर्न सक्षम बनाउँदछ । स्मार्टफोनमा नयाँ एआई इमेजिङ फिचरहरू समावेश गरिएको छ । एआई म्याजिक ल्याण्डस्केपद्वारा सञ्चालित सिग्नेचर स्नो टाउन र अरोरा इफेक्टले उपयुक्त अवस्थाहरूमा सामान्य दृश्यलाई पनि आकर्षक सिनेम्याटिक फ्रेममा रूपान्तरण गर्न सक्छ । आकर्षक डिजाइनका हिसाबले पनि भिभो भी७० एफई प्रिमियम स्मार्टफोनको रूपमा प्रस्तुत गरिएको छ । ओसियन ब्लु र म्युज पर्पल कलर विकल्पमा यो स्मार्टफोन उपलब्ध छ ।
स्मार्टफोनको क्यामेरा मोड्युल वरिपरि रहेको डायनामिक रिङ डिजाइनले प्रिमियम तथा आधुनिक लुक थपेको छ । फ्ल्यागशिप डिजाइनबाट प्रेरित यस डिभाइसमा १.८६ एमएमको अत्यन्त पातलो बेजल र ७.५९ एमएमको अल्ट्रा–थिन फ्ल्याट स्क्रिन समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई अझ इमर्सिभ भ्यूइङ अनुभव दिनुका साथै सहज इन–ह्यान्ड फिल पनि प्रदान गर्छ । भिभो भी७० एफईमा विशाल ७००० एमएएचको ब्लुभोल्ट ब्याट्री र ९० वाट फ्ल्यासचार्ज टेक्नोलोजी समावेश गरिएको छ । यसले लामो समयसम्म भरपर्दो प्रयोग अनुभवका साथै छिटो चार्जिङ सुविधा प्रदान गर्छ । साथै, स्मार्टफोनमा रहेको १.५के इन्फिनिटी एमोलेड डिस्प्लेले फोटो तथा भिडियोहरूलाई जीवन्त र प्राकृतिक रंगसहित प्रस्तुत गर्छ ।
भिभो भी७० एफईमा दुई भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीका अनुसार ८÷२५६ जीबीको मुल्य नेपालमा ६२ हजार ९९९ रुपैयाँ र १२÷२५६ जीबीको मुल्य ७२ हजार ९९९ रुपैयाँ तोकिएको छ । स्मार्टफोन नेपालभरका भिभो रिटेल स्टोरहरू तथा दराज अनलाइन प्लेटफर्म मार्फत खरिदका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ । भिभोे भी७० एफईलाई थप आकर्षक बनाउन भिभोले विशेष अफरहरू पनि ल्याएको छ । पहिलो १ हजार ग्राहकले एङ्कर साउन्डकोर पी२०आई इयरबड्स निःशुल्क प्राप्त गर्नेछन् । त्यसैगरी, २ हजार ग्राहकहरूका लागि मात्र १९९ रुपैयाँमा भिभोे सिल्ड प्रोटेक्सन प्लान उपलब्ध गराएको छ, जसमा ग्राहकले ६ महिनासम्म मान्य हुने एकपटकको स्क्रिन रिप्लेसमेन्ट र एकपटकको वाटर ड्यामेज प्रोटेक्सन सुविधा प्राप्त गर्नेछन् । ग्राहकहरूले भी७० एफईलाई १२ महिनाको शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधामा पनि खरिद गर्न सक्नेछन् ।