काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ आयोजना गरेको छ ।
ग्राहकलाई आधुनिक, सुरक्षित र विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजित यस विशेष एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले विभिन्न आकर्षक सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ । एक्सचेन्ज क्याम्प अन्तर्गत ग्राहकहरूले नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क आजीवन डीसी फास्ट चार्जिङ, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ जडान सुविधा पाईने छ । क्याम्पमा टाटा मोटर्सका विभिन्न लोकप्रिय विद्युतीय तथा आइसिई सेगमेन्टका मोडलहरू उपलब्ध रहेका छन् । ग्राहकहरूले आफ्नो पुरानो सवारीसाधन साटेर नयाँ टाटा गाडी सहज रूपमा खरिद गर्नसक्ने व्यवस्था गरिएको छ । एक्सचेन्ज मूल्यांकन सुविधा भने सिप्रदी एस्योर्ड प्रालिले गरेको कम्पनीले जनाएको छ ।