काठमाडौं, शेयर बजार परिसुचक नेप्से झिनो अंकले खुम्चिएको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से परिसुचक एक दशमलव शुन्य तीन अंकले ओरालो लागेर २७ सय ३० दशमलव ९१ बिन्दुमा खुम्चिएको छ ।क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ५० अंकले उकालो लागेर चार सय ६८ दशमलव शुन्य पाँच बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय ३९ वटा कम्पनीहरुको ४३ हजार तीन सय नौं पटकको कारोबारमा ५८ लाख २८ हजार छ सय चार कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम दुई अर्ब ४५ करोड आठ लाख ७८ हजार चार सय ४९ रुपैंयाँ कायम भएको छ । धितोपत्र बजारमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, लगानी र अन्य उपसमुहको सुचक उकालो लागेका छन् भने फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् ।