काठमाडौं । गोल्डेनगेट बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । गोल्डेनगेट इन्टरनेसनल कलेजअन्तर्गतको गोल्डेनगेट वास्केट क्लबले एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगिता जेठ ८ र ९ गते बत्तीसपुतलीस्थित गोल्डेनगेट इन्टरनेशनल कलेज परिसरमा सञ्चालन हुनेछ । विद्यार्थीहरूमा खेल प्रतिभा पहिचान, प्रोत्साहन तथा राष्ट्रिय स्तरको खेलकुद वातावरणसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको कलेजले जनाएको छ । १३ पटक राष्ट्रिय च्याम्पियन बन्न सफल गोल्डेनगेट बास्केटबल क्लबले युवा खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास लिएको छ । प्रतियोगितामा विजेता टोलीले नगद २० हजार रुपैयाँ तथा उपविजेता टोलीले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरूलाई वरिष्ठ प्रशिक्षक मनिष नाकर्मी तथा राष्ट्रिय खेलाडीहरूको प्रशिक्षणमा सञ्चालन हुने १५ दिने निःशुल्क बास्केटबल क्याम्पमा सहभागी हुने अवसर समेत प्रदान गरिनेछ । उक्त क्याम्पमार्फत विद्यार्थीहरूले आफ्नो खेलकुद सीप विकास गर्ने अवसर प्राप्त गर्नेछन् । सहभागी हुने सम्पूर्ण एसईई उत्तीर्ण विद्यार्थीहरूले कलेजमा विशेष छात्रवृत्तिमा कक्षा ११ मा भर्ना हुने अवसर पाउनेछन् ।