काठमाडौं । शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन छ दशमलव ५१ अंकले ओरालो लागेको शेयर बजार परिसुचक नेप्से साताको तेस्रो कारोबार दिन आज बुधबार भने ३० दशमलव शुन्य आठ अंकले उकालो लागेर २७ सय ५४ दशमलव ४८ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६८ अंकले उकालो लागेर चार सय ७१ दशमलव शुन्य छ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ४६ पटकको कारोबारमा ५२ हजार तीन सय ३६ पटकको कारोबारमा एक करोड छ लाख ६१ हजार चार सय ७६ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम तीन अर्ब ८२ करोड आठ लाख ९६ हजार नौं सय ६६ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो भएको छ ।