काठमाडौं । नियोस्टोरले विद्यार्थीलाई लक्षित गर्दै ‘ब्याक टु स्कुल’ अफर सञ्चालनमा ल्याएको छ । यस अफरअन्तर्गत विद्यार्थीले आफ्नो विद्यार्थी परिचयपत्र कार्ड देखाएर विशेष छुट तथा अफर प्राप्त गर्नेछन् । साथै, ल्यापटप लगायतका अन्य डिभाइस खरिद गर्दा आवश्यक एक्सेसरिज पनि निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
अफरमा ब्याग, हेडफोन, स्मार्टवाच लगायतका सामग्री समावेश छन् । यति मात्रै नभएर विद्यार्थीले आफूसँग भएको पुरानो डिभाइससँग नयाँ डिभाइस एक्स्चेन्ज समेत गर्न पाउनेछन् । यसरी एक्स्चेन्ज गर्दा विद्यार्थीले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीको सुविधामा समेत यस्ता डिभाइस खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यसरी खरिद गरिएका डिभाइसमा एक वर्षको बिमा तथा दुई वर्षको वारेन्टी समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।