काठमाडौं । नेपाल राष्ट्र बैंकले पोखराको कास्कीस्थित सेन्ट्रल एक्स्चेन्ज काउन्टर प्रालिको मनीचेन्जर इजाजतपत्र खारेज गरेको छ । बैंकद्वारा जारी सूचनाअनुसार पोखरा–६, कास्कीमा रहेको उक्त कम्पनीले परिवत्र्य विदेशी मुद्राको खरिद कारोबार गर्न अनुमति प्राप्त गरेको थियो ।
कम्पनीले कारोबार बन्द गरी इजाजतपत्र खारेज गरिदिन स्वेच्छिक रूपमा निवेदन पेस गरेपछि राष्ट्र बैंकले आवश्यक प्रक्रिया अघि बढाएको हो ।
सोअनुसार नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)को विनियम २२ बमोजिम २०८३ वैशाख ३० गतेको निर्णयअनुसार श्री सेन्ट्रल एक्स्चेन्ज काउन्टर प्रालिको मनिचेन्जर इजाजतपत्र खारेज गरिएको राष्ट्र बैंकको भनाइ छ ।