काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिचेको छ । अधिक तरलता नियन्त्रणका लागि बुधबार मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिचिएको हो ।
परिपक्व हुुने अवधि ९१ दिन तोकिएको यो उपकरणको साँवाब्याज भुक्तानी आगामी भदौ तीन गते गरिनेछ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूमा यो उपकरण बिक्री गरिएको हो ।
खरिदकर्ताहरूले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्नसक्ने सीमा तोकिएको थियो । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरूमा धितोको रूपमा समेत राख्ने सकिने व्यवस्था रहेको राष्ट्र बैंकको भनाइ छ ।