काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले व्यवसायिक गाई तथा कुखुरा पालन तालिम प्रदान गरेको छ । संस्थाका अनुसार पशु सेवा तालिम केन्द्र दुहवी सुनसरीको आयोजना तथा संस्थाको व्यवस्थापनमा यही वैशाख चार गतेदेखि ३० गतेसम्म कोशी प्रदेशअन्तर्गत रहेका छ वटा जिल्लाको उक्त तालिम दिइएको हो ।
कोशी प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयहरु ताप्लेजुङ्ग, पाँचथर, ईलाम, तेह्रथुम र संखुवासभाका दुई सय ३० जनालाई बंगुर पालन, बाख्रा पालन तथा पशुपालक सदस्यहरुलाई छ दिने स्थलगत तालिम दिएको संस्थाले जानकारी दिएको छ । तालिममार्फत ग्रामिण महिला सदस्यहरुको क्षमता अभिवृद्धि गर्नुका साथ व्यावसायिक पशुपालनतर्फ प्रोत्साहन गर्ने उद्देश्य राखिएको थियो । यो तालिमबाट सहभागी पशुपालक सदस्यहरुको दीघकालीन रुपमा आय वृद्धि हुने विश्वाससमेत लिइएको छ ।