काठमाडौं । शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले खुम्चिएको छ । अघिल्लो दिन ३० दशमलव शुन्य आठ अंकले उकालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बिहिबार १२ दशमलव ३६ अंकले ओरालो लागेर २७ सय ४२ दशमलव ११ बिन्दुमा खुम्चिएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५७ अंकले ओरालो लागेर चार सय ६९ दशमलव ४८ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४८ वटा कम्पनीहरुको ४४ हजार सात सय ४४ पटकको कारोबारमा ८९ लाख ५५ हजार पाँच सय ४५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम तीन अर्ब ८९ करोड ८४ लाख १८ हजार तीन सय ८५ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले उकालो लागेको छ भने व्यापार उपसमुहको सुचक स्थिर देखिएको छ । यि बाहेक बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् ।