काठमाडौं । पप्पु कन्ट्रक्सन प्रालिका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पुर्जी आदेश जारी भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ निवासी प्रमोद निर्माण सेवाका सञ्चालक रहेका मनोज पटेलले दिएको बिगोसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतलबाट उनी दोषी ठहर भएका थिए । दुई वर्ष कैद सजाय भएका उनी फरार छन् । रौनियारविरुद्ध गत वैशाख ३१ गते पक्राउ पुर्जी जारी भएको हो ।
सघन सहरी विकास कार्यालयअन्तर्गत वीरगन्ज महानगरपालिकामा सडक तथा नाला निर्माण गर्न स्वच्छन्द, पप्पु र युनाइटेड जेभिले ठेक्का सकार गरेका थिए । उक्त सडक तथा नाला निर्माणका क्रममा प्रमोद निर्माण सेवासंग गिट्टी बालुवालगायतका निर्माण सामग्री लिए पनि सोको भुक्तानी नगरेको विषयमा निर्माण सेवाका सञ्चालक पटेल जिल्ला अदालत पर्सामा बिगोसम्बन्धी मुद्दा दर्ता गराएका थिए ।
सोही मुद्दाको सुनुवाइ गर्दै पर्सा जिल्ला अदालतले २०८० कात्तिक २० गते रौनियारलाई एक करोड १५ लाख ६५ हजार रुपैया भुक्तानी गर्न र भुक्तानी नभए दुई वर्ष कैद सजाय गर्न आदेश दिएको थियो । जिल्लाको आदेशपछि रौनियारले उच्च अदलात जनकपुरको अस्थायी इजलास वीरगन्जमा पुनरावेदनमा गए पनि रौनियारको रिट नै खारेज भएर जिल्लाकै आदेश सदर भएसँगै उनलाई पक्राउ गर्ने बाटो खुलेको थियो भने त्यसयता रौनियार फरार रहँदै आएका छन् ।