काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको सम्भावित अध्यक्ष पदका लागि ३२ जनाको आवेदन परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार विभिन्न जिल्लाबाट सूचना प्रविधि, दूरसञ्चार, प्रशासन तथा व्यवस्थापन क्षेत्रमा अनुभव भएका ३२ जना व्यक्तिहरुले आवेदन दिएका हुन् ।
यसअघि मन्त्रालयले यही वैशाख २६ गते प्राधिकरणको अध्यक्ष तथा सदस्य पदका लागि सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको थियो । सोही मागअनुसार आवेदन दिनेहरुको नामावली मन्त्रालयले बिहीबार सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार अध्यक्ष पदका आकांक्षीहरूमा राजधानीदेखि मोफसलसम्मका प्राविधिक विज्ञ, पूर्वप्रशासक, इन्जिनियर तथा दूरसञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता देखिएको छ ।
मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सूचीअनुसार आवेदन दिनेहरूमा रोहित रौनियार, नगेन्द्र कुमार दास, राकेश ताम्राकार, सरोज कुमार शर्मा, प्रदीप कुमार श्रेष्ठ, सुभाष साह, सुशिल प्रसाद साह, अनिल कुमार झा, नरेन्द्र मान सिंह महर्जन, अमलेन्दु नारायण सिंह, रमेश कुमार श्रीवास्तव, नवीन जिसी, महेश प्रसाद पाण्डेय, डा. शैलेन्द्र गिरी, बुद्धि प्रसाद आचार्य, अर्जुन घिमिरे, ई. जनार्दन भट्ट, अनन्त मान सिंह, मधुसुदन दाहाल, डा. भोजराज घिमिरे, दीपक राज लुइटेल, श्रीकृष्ण सुवेदी, सनाउल्लाह खान, सुनिल कुमार मिश्र, अम्बर स्थापित, पंकज कुमार दास, कृष्णराम धुँजु, दीपक राज उप्रेती, माधव अधिकारी, नवीन कुमार कर्ण, दीपेश शिवाकोटी तथा डा. ई. राजिव सुब्बा रहेका छन् ।
मन्त्रालयका अनुसार अध्यक्ष पदका लागि आवेदन दिने व्यक्तिहरु पर्सा, काठमाडौं, ललितपुर, महोत्तरी, धनुषा, रौतहट, कपिलवस्तु, स्याङ्जा, प्युठान, गोरखा, धादिङ, रुपन्देही, दाङ, मोरङ, काभ्रे, सर्लाही र झापा क्षेत्रमा रहेका छन् । मन्त्रालयले अध्यक्ष पदका लागि आवेदन दिने ३२ जनाको नाम सार्वजनिक गरेकोमा त्यसमध्ये प्रविधि बुझेको व्यक्ति भने एक जना मात्र रहेको देखिएको छ । मन्त्रालयद्वारा सार्वजनिक सुचीमा तेस्रो नम्बरमा रहेका राकेश ताम्राकार मात्र प्रविधि बुझेको व्यक्ति रहेको पाइएको छ । उनी बिगत लामोसमयदेखि मोबाइल प्रविधिको क्षेत्रमा काम गर्दै आएका मोबाइल प्रविधि विज्ञ रहेको बुझिएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयको प्राधिकरणले सदस्य पदको लागि आवेदन दिन पनि यही वैशाख २६ गते सूचना जारी गरेको थियो । उक्त सूचनाअनुसार सदस्य पदअन्तर्गतको कानुनतर्फ अमृत प्रसाद रुपाखेती, विनोद आचार्य, श्रीकृष्ण सुवेदी र असगरुल हकसहितको चार जनाले आवेदन दिएको मन्त्रालयको भनाई छ । सदस्य लेखा तथा लेखापरिक्षणतर्फ भने क्षेत्र गोपाल प्रधान, केशव बराल, हेमन्त राज रमाली, गोर्कण प्रसाद सिटौला, कविन्द्र दाहाल, इन्द्रमणि पोखरेल, प्रतिक श्रेष्ठ, मनोज अधिकारी र तीर्थप्रसाद यादवसहित नौ जनाको आवेदन परेको मन्त्रालयको भनाइ छ ।
सदस्य बजार व्यवस्थापन पदको लागि भने विपिन चुहान, सुजिता श्रेष्ठ, ओमलाल श्रेष्ठ, रमेशकुमार श्रेष्ठ र दयानाथ दाससहितका पाँच जनाको आवेदन परेको छ । प्रशासन र प्राविधिक सदस्य पदको लागि भने अनिलराज गौत्तम, आशिष शर्मा, सुभाष साह, धनेश्वर झा, नारायण प्रसाद काफ्ले, अनन्त मल्लिक, दिपेन्द्र बहादुर शाह, नविन जिसी, विमल प्रकाश साह, ज्नानेन्द्र खतिवडा, ई. जनार्दन भट्ट, दिपकराज लुईटेल, मिनु केसी, फुल बाबु झा र विकाश आर्चाय समेत १५ जनाको आवेदन परेको जानकारी मन्त्रालयले दिएको छ ।