काठमाडौं । शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले उकालो लागेको छ । अघिल्लो दिन दोहोरो अंकले खुम्चिएको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार १६ दशमलव ३८ अंकले उकालो लागेर २७ सय ५८ दशमलव ४९ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४० अंकले उकालो लागेर चार सय ७१ दशमलव ८९ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय ३६ वटा कम्पनीहरुको ५४ हजार चार सय ९७ पटकको कारोबारमा एक करोड आठ लाख ८८ हजार सात सय ३९ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको कारोबार भएका छन् । जसमध्ये व्यापार उपसमुहको सुचक ओरालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।