काठमाडौं । वीन नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ८५ लाख चार हजार तीन सय ५८ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २६ लाख ५० हजार पाँच सय ३६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८३ करोड ३४ लाख पाँच सय ५० रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा १९ करोड २८ लाख सात सय ३३ रुपैयाँ निक्षेप संकलन गरी ८६ करोड ७१ लाख २५ हजार तीन सय ९४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड ७२ लाख ६७ हजार एक सय १५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा ११ दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।