काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूमा कुल बीमाशुल्क आर्जन रकम बढेको छ । १४ वटा निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ४० अर्ब २९ करोड ५७ लाख ७३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
यो रकम गत आवको सोही अवधिको तुलनामा १४ दशमलव ८१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले ३५ अर्ब नौ करोड ८० लाख रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गरेका थिए । चालू आवको पछिल्लो १० महिनामा निर्जीवन बीमा कम्पनीहरूले जारी गरेको कुल बीमालेखको संख्या भने २४ लाख ११ हजार छ सय ६२ रहेको छ ।
प्राधिकरणका अनुसार चालू आवको पछिल्लो १० महिनामा नेपाल इन्स्योरेन्स कम्पनीले एक लाख ६२ हजार ६५ वटा बीमालेख जारी गरी एक अर्ब ८१ करोड ५७ लाख ३१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले ३८ हजार दुई सय ४५ वटा बीमालेख जारी गरी दुई अर्ब ५८ करोड ६८ लाख ११ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले पनि पछिल्लो १० महिनामा २५ हजार दुई सय ६९ वटा बीमालेख जारी गरी एक अर्ब १८ करोड ८५ लाख ६७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
नेशनल इन्स्योेन्स कम्पनीले पनि पछिल्लो अवधिमा २२ हजार ८४ वटा बीमालेख जारी गरी एक अर्ब छ करोड ४५ लाख ८९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले पनि यस अवधिमा दुई लाख ५१ हजार सात सय चारवटा बीमालेख जारी गरी तीन अर्ब एक करोड ८५ लाख ५९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । चालू आवको पछिल्लो १० महिनामा प्रभु इन्स्योरेन्स कम्पनीले पनि ९२ हजार ३६ वटा बीमालेख जारी गरी एक अर्ब ४९ करोड ७६ लाख ७६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले भने चालू आवको पछिल्लो १० महिनामा दुई लाख ६८ हजार छ सय ४४ वटा बीमालेख जारी गरी पाँच अर्ब १९ करोड २२ लाख ६३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा एक लाख ८० हजार चार सय तीनवटा बीमालेख जारी गरी तीन अर्ब ४४ करोड ३६ लाख २१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि यस अवधिमा दुई लाख ८१ हजार एक सय ७३ वटा बीमालेख जारी चार अर्ब ३७ करोड ७९ लाख ११ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा एक लाख चार हजार नौ सय ४५ वटा बीमालेख जारी गरी दुई अर्ब ३६ करोड २८ लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले पनि यस अवधिमा दुई लाख २५ हजार सात सय ८४ वटा बीमालेख जारी गरी तीन अर्ब ४९ करोड ४५ लाख १४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
चालू आवको वैशाख मसान्तसम्म सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले पनि दुई लाख २३ हजार दुई सय १३ वटा बीमालेख जारी गरी चार अर्ब २५ करोड ८६ लाख ८७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा एक लाख ९० हजार पाँच सय ९४ वटा बीमालेख जारी गरी तीन अर्ब ५१ करोड ८३ लाख ३५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले पनि चालू आवको १० महिनामा तीन लाख ४५ हजार पाँच सय तीनवटा बीमालेख जारी गरी दुई अर्ब ४७ करोड ५६ लाख ८६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।