काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १३ करोड २४ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १० करोड ७० लाख ५८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ७० करोड आठ लाख ५९ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा दुई अर्ब ९८ करोड २८ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ३६ करोड ४९ लाख ९७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५७ करोड ११ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १६ दशमलव शून्य पाँच प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले दुई अर्ब ६४ करोड १२ लाख ३१ हजार तीन सय ४५ रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब छ करोड ७८ लाख ९१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४८ करोड ३३ लाख ३४ हजार आठ सय ३८ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा छ दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
