काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड ५० लाख ६१ हजार पाँच सय १४ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १० करोड ६७ लाख ६३ हजार छ सय ६६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २१ करोड ७५ लाख ६२ हजार पाँच सय रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा दुई अर्ब २३ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ५० करोड ६५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २८ करोड ४१ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संंस्थामा पाँच दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले एक अर्ब ९४ करोड आठ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४९ करोड ८६ लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३० करोड ३१ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।