काठमाडौं । कम्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले सम्हालेका छन् ।
महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएपछि अधिकारीले बाँकी कार्यकालका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । अधिकारीले २१ वर्षभन्दा लामो समयदेखि नेपाली प्रविधि उद्योगमा काम गरेका छन् । अधिकारीले राष्ट्रिय एआई नीति सिफारिस तयार पार्न प्रमुख भूमिका खेलेका थिए । जसमा एथिकल स्यान्डबक्स, स्थानीय भाषा प्रशोधन मोडेल र सुरक्षित डाटा होस्टिङ पाइपलाइनको निर्माणमा जोड दिइएको छ । यसका साथै, उनको ई–गभर्नन्स ब्लुप्रिन्ट सिफारिसले सरकारी निकायहरूबीच एपीआई एकीकरण गरी प्रशासनिक कागजी झन्झट मुक्त गर्न र राहदानीदेखि मालपोतसम्मका नागरिक सेवाहरूलाई डिजिटल बनाउन मार्गदर्शन गरेको छ ।