काठमाडौँ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव ढंगोललाई क्यानको महानिर्देर्शक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । सरकारले मोटा धानको मूल्य प्रति क्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ तोकेको छ । यस्तै सरकारले नेपाल–चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना (चिलिमे–केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र ‘लेटर अफ रिप्लाइङ’ स्वीकृत गरेको छ ।