काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुटसहितको पुनर्जागरण अभियान सुरु गरेको छ । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्य नजर गर्दै यो योजना सार्वजनिक गरेको हो ।
यस पुनर्जागरण अभियान ज्येष्ठ ११ गतेदेखि ३१ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियानअन्तर्गत बीमालेख अवधिभित्र एक पटकमात्र ब्याज छुटको सुविधा प्रदान गरिने संस्थाले जनाएको छ । सामान्य अवस्थामा बीमालेख व्यतीत रहँदा बीमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ ।
संस्थाले सार्वजनिक गरेको पुनर्जागरण अभियानमा भने विलम्ब शुल्कमा छुटको सेवा सुविधा लिई व्यतीत बीमालेख नविकरण गरी मौकाको फाइदा लिन कम्पनीले अनुरोध गरेको छ । हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याइ बीमित र बीमितसँग आश्रितको आर्थिक पक्ष सबल र सदृढ गर्नको लागि जीवन बीमा अनिवार्य रहेको छ । ग्राहकले संस्थाको देशैभरी रहेका एक सय ६८ शाखा कार्यालयहरूबाट वा अनलाइन भुक्तानीको माध्यम हरूबाट यस योजनामा सहभागी हुन सक्नेछन् ।
कम्पनीले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ । हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर एक सय ६८ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पुँजी पाँच अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । साथै, १७ हजार भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन् ।