काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेश कुमार केसी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको निर्णयअनुसार केसीलाई यही जेठ ११ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी दिइएको हो ।
केसीसँग बैंकिङ क्षेत्रको २० वर्षभन्दा बढी अनुभव रहेको बैंकले जनाएको छ । उनले सात वर्षभन्दा बढी समय कार्यकारी तहमा रही विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका केसी बैंकिङ व्यवस्थापन, वित्तीय योजना तथा संस्थागत नेतृत्वमा अनुभवी मानिन्छन् । बैंकले उनको नेतृत्वमा संस्थाको सेवा विस्तार, सुशासन तथा वित्तीय सुदृढीकरणमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।