काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो विशेष उपभोक्ता अभियान ‘डाइन विथ द डिभाज – एन इभिनिङ विथ मिस नेपाल’ सार्वजनिक गरेको छ ।
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक रहेको कम्पनीले मिस नेपाल अडिसन आयोजना हुने प्रमुख सहरका जोडीहरूलाई वर्तमान मिस नेपाल डिभाहरूसँग विशेष डिनरको अनुभव बटुल्ने अवसर प्रदान गर्न लागेको हो । यस अभियानमा सहभागी हुन ग्राहकले अभियान अवधिभर एकै पटकको खरिदमा न्यूनतम एक हजार वर्ग फिट कजारिया टायल्स खरिद गर्नुपर्नेछ । मिस नेपालको क्षेत्रीय अडिसन टुरसँग जोड्दै ल्याइएको यो योजना अडिसन हुने सात सहरहरू नेपालगन्ज, बिर्तामोड, इटहरी, पोखरा, बुटवल, जनकपुर र काठमाडौंमा खरिद गर्ने जोडीहरूका लागि मात्र लागू हुनेछ ।