काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन नौं दशमलव २४ अंकले खुम्चिएको शेयर बजार परिसुचक नेप्से साताको तेस्रो कारोबार दिन आज बुधबार चार दशमलव ९९ अंकले उकालो लागेर २७ सय ८२ दशमलव १० बिन्दुमा चढेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २१ अंकले उकालो लागेर चार सय ७५ दशमलव ५१ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ५४ वटा कम्पनीहरुको ६० हजार पाँच सय ६२ पटकको कारोबारमा एक करोड ५२ लाख ४९ हजार सात सय १२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कारोबार रकम छ अर्ब तीन करोड ६४ हजार आठ सय ४० रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् ।