काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारका लागि रेड्मी प्याड २ ९.७ इन्च सार्वजनिक गरेको छ । नयाँ रेडमी प्याड २ ९.७ इन्चले शक्तिशाली अक्टा–कोर प्रोसेसरसहित सिमलेस इन्टरकनेक्टिभिटी र प्रिमियम ट्याबलेट अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।
ग्राफाइट ग्रे र सिल्भर रङ्गमा उपलब्ध रेड्मी प्याड २ ९.७ इन्चको पहिलो आकर्षण यसको ‘युनिबडी मेटल कन्स्ट्रक्सन’ हो । यसको १२० हर्जको रिफ्रेस रेट, अक्टा–कोर प्रोसेसर, र ९.७ इन्चको २ के क्रिस्टल–क्लियर डिस्प्लेले अल्ट्रा–स्मुथ भिजुअल, डिटेल्स, र फास्ट–रेस्पोन्सिभनेस प्रदान गर्दछ । ७,६०० एमएएचको ठूलो ब्याट्रीसहित १८ वाटको फास्ट–चार्जिङ सुविधा भएको यो प्याडमा लामो प्लेब्याक सेसनसहित लामो समयसम्म प्रयोग गर्नको लागि टिक्ने ब्याट्री–लाइफ पाइन्छ । ८ एमपी रियर क्यामरा तथा ५ एमपी फ्रन्ट क्यामरासहित यसले हरेक सटमा फोटोको गुणस्तर कायम राख्दै सार्प, डिटेल्ड इमेजहरू निकाल्ने कम्पनीको दाबी छ । त्यसैगरी, म्युजिक तथा भिडियो हेर्न–सुन्नका लागि हाइ–रिजोलुसन अडियो दिने इमर्सिभ स्टेरियो स्पिकर्स र ३.५ एमएमको हेडफोन ज्याक रहेका छन् ।
शाओमी हाइपरओएस ३ मा चल्ने यस रेड्मी प्याडले शाओमी इकोसिस्टममा सिमलेस कनेक्टिभिटीसहित सहज र इन्टेलिजेन्ट अनुभव प्रदान गर्ने जनाइएको छ । जम्मा ४०६ ग्राम तौल रहेको यो प्याड ‘लाइट टु मिड–वेट’ श्रेणीको डिभाइसअन्तर्गत पर्दछ । यसमा भरपर्दो सेक्युरिटी र प्राइभेसीको लागि एआई फेस अनलकजस्ता एआई–पावर्ड विशेषताहरू पनि उपलब्ध रहेका छन् । यी आधुनिक र आकर्षक विशेषताहरूले भरिपूर्ण रेड्मी प्याडको ४÷१२८ जीबी भेरियन्ट २५ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको छ ।