काठमाडौं । विश्वव्यापी टेक कम्पनी याङ्गो ग्रुप अन्तर्गतको याङ्गो राईडले नयाँ ‘कम्पिलिटेड प्यासेन्जर प्रोफाइल ब्याज’ सुविधा सुरु गरेको छ । अब यात्रुले आफ्नो प्रोफाइल पूरा गरेपछि आफ्नो ब्याज चालकलाई राइड स्वीकार गर्नुअघि नै देखिनेछ । यसले चालकलाई यात्रुबारे बढी विश्वास गर्न मद्दत गर्नेछ ।
कम्पनीका अनुसार, प्रारम्भिक सर्वेक्षणमा धेरै चालकहरूले ब्याज भएका यात्रुको राइड स्वीकार गर्दा आफूलाई अझ सुरक्षित र विश्वस्त महसुस गरेको बताएका छन । यात्रुका लागि पनि प्रोफाइल पूरा गर्ने प्रक्रिया सजिलो बनाइएको छ । प्रोफाइल पूरा गरेपछि उनीहरूले प्लेटफर्ममा विश्वसनीय यात्रुको रूपमा देखिने ब्याज प्राप्त गर्नेछन् । याङ्गो नेपालका कन्ट्रि मेनेजर सन्तोष पाण्डेले राइड–हेलिङ सेवामा चालक र यात्रु दुवैलाई सुरक्षित महसुस हुनु आवश्यक रहेको बताए । ‘यो ब्याजले चालकलाई राइड स्वीकार गर्नुअघि नै स्पष्ट र भरपर्दो संकेत दिन्छ, जसले प्लेटफर्ममा सकारात्मक परिवर्तन ल्याउँछ’, उनले भने । कम्पनीका अनुसार यो सुविधा याङ्गो राइडको सुरक्षा प्रणाली अन्तर्गत थपिएको नयाँ उपाय हो । याङ्गो राइड मा हाल २५ भन्दा बढी सुरक्षा सुविधाहरू उपलब्ध छन्, यसमा रियल–टाइम रुट मोनिटरिङ, ड्राइभिङ शैली पहिचान, एस् ओ एस् सुविधा, र विश्वस्त व्यक्तिसँग रुट शेयर गर्ने सुविधा समावेश छन् ।