काठमाडौं । टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएसमा अपग्रेड हान्नेलाई ‘अचम्मैको डिल’ नामक ७ दिने विशेष अटोमोटिभ इभेन्ट सञ्चालनमा ल्याएको छ ।
कम्पनीले बुधबारदेखि सञ्चालनमा ल्याएको यो योजना जेठ १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । नेपालभरका ग्राहकहरूका लागि नयाँ टीभीएस दुईपाङ्ग्रे सवारीसाधन स्वामित्वलाई पहिलेभन्दा अझ सहज र लाभदायी बनाउन यो इभेन्ट डिजाइन गरिएको हो । यस कार्निभलले ग्राहक, मोटरसाइकल तथा स्कुटरप्रेमीहरू, र उद्योग सरोकारवालाहरूलाई एउटै छानामुनि ल्याउनेछ । आगन्तुकहरूले टीभीएस मोटरसाइकल र स्कुटरहरूको सम्पूर्ण रेन्ज अवलोकन गर्नुका साथै विशेष एक्सचेन्ज तथा फाइनान्स अफरहरूको लाभ लिन सक्नेछन् । साथै, कार्यक्रममा नयाँ उत्पादन अनावरण, लाइभ मनोरञ्जन तथा उत्साहपूर्ण कार्निभल वातावरणको अनुभव गर्ने अवसर पनि उपलब्ध हुनेछ ।
कार्निभलमा सहभागी ग्राहकहरूले कुनै पनि ब्रान्डको पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्दा अचम्मैको मुल्याङ्कन पाउनेछन् । यस्तै दैनिक एक हजार तीन सय ९८ रुपैयाँबाट सुरु हुने लास्टै कम ईएमआई सेवा उपलब्ध गराइनेछ । ग्राहकहरूले कुनै पनि ब्रान्डको पुरानो बाइक वा स्कुटर ल्याएर, पूर्ण मूल्य अभिवृद्धि लाभसहित नयाँ दुईपांग्रे सवारीसँग एक्सचेन्ज गर्न सक्नेछन् ।